नागिन–६ को 'लीड रोल'मा बिग बोसकी पूर्वसदस्य !

भारतीय शो नागिन–६ को प्रोमो बाहिरिसकेको छ। तर अहिलेसम्म यसको खुलाशा भएको छैन् कि यसको लागि कसले गर्नेछिन्–लीड रोल। 

पछिल्लो सिजनमा सुरभि चन्दनाको मूख्य भूमिका रहेको थियो। तर यसपटक भने रुबीना दिलैक, रिधिमा पडिंत र तेजस्वी प्रकाश शोकी नयाँ मूख्य अभिनेत्री हुने खबर बाहिरिरहेको छ। तर एकता कपूरले भने शोका लागि कसैलाई अप्रोज नगरेको बताएकी छिन्।

पीपिंगमून रिपोर्टका अनुसार नागिनका लागि बिग बोस–१३ की सदस्य माहिरा शर्मा हुनेछिन्। भलै उनी फाइनल भने भएकी छैनन्।

बिग बोस–१५ मा पाहुना बनेर गएकी एकताले नागिनका लागि मूख्य अभिनय गर्ने अभिनेत्रीको नाम ‘एम’ बाट आउने बताएकी थिइन्। जसकारण माहिरा नै नागिन–६ कि मूख्य अभिनेत्री हुने अनुमान गरिएको छ। 

प्रकाशित मिति: : 2022-01-19 14:35:00

प्रतिकृया दिनुहोस्