ग्लोबल आईएमई भर्सेस् नबिल : को भन्दा को कम ?

२७ वाणिज्य बैंक, कसको कुन स्थान ?

रातोपाटी

काठमाडौँ

छिल्लो पटक नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको एक्युजिसन (समाहित र प्राप्त) को सम्झौताले नेपाली बैंकिङ जगतमा फेरि एक पटक मर्जरको चर्चा चुलिएको छ। ५०र५० को साझेदारीमा समान हैसियतमा यी दुई वाणिज्य बैंक मर्जरमा जाने सम्झौता नभएपनि एकीकृत कारोबार गर्ने सम्झौताले भने नेपाली बैंकिङ क्षेत्रमा तरंग नै ल्याएको हो।

दुई ठूला वाणिज्य बैंक एकआपसमा मर्जर हुँदै गर्दा यसले फेरि नेपाली वित्तीय क्षेत्रमा कस्तो खालको परिवर्तन ल्याउने हो निकै चासोका साथ हेरिएको छ। त्यसो त यसअघि पनि केही ठूला वाणिज्य बैंकबीच ‘बीग मर्जर’ वा गाभ्नेरगाभिने क्रिया नभएका होइनन्। आर्थिक वर्ष २०७६र७७ मा दुई ठूला वाणिज्य बैंक ग्लोबल आईएमई बैंक र तत्कालीन जनता बैंक मर्जर भएर एउटै ‘ग्लोबल आईएमई बैंक’ बनेको थियो। जुन बैंक अहिले २१ अर्ब माथिको चुक्ता पुँजीसहित वाणिज्य बैंकहरुमध्येकै सबैभन्दा ठूलो बैंकको रूपमा स्थापित छ।

यद्यपि, ठूलो पुँजीका साथ अग्रस्थानमा रहेको सोही ग्लोबल आईएमई बैंकलाई अहिले मर्जरमा जान लागेका वाणिज्य बैंकहरुले चुनौती दिइरहेका छन्। भलै, भर्खरै मात्र दुई ठूला वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया भाँडिएसँगै यो संभावना क्षीण भएको छ।

प्रकाशित मिति: : 2022-01-18 10:38:00

प्रतिकृया दिनुहोस्