सुनकाे मूल्यमा सामान्य वृद्धि, यस्ताे छ बजार भाउ

File Photo
File Photo

सुन तोलामा १०० रुपैयाँले वृद्धि भएको छ। नेपाल  सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार  छापावाल सुन तोलाको ९२ हजार ४०० रुपैयाँमा  कारोबार भएको थियो।

यसैगरी, सोमबार तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ।

चाँदीको भाउ प्रतितोला एक हजार ५५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार ५० रुपैयाँमा कारोबार भएको थियो।
 

प्रकाशित मिति: : 2022-01-17 11:31:00

प्रतिकृया दिनुहोस्