तेजन खड्का
सुरुवाती दिनमा झापामा ‘कभर’ गीत गाएर चर्चामा आएकी गायिका हुन्, एलिना चौहान। कालीप्रसाद बास्कोटाको स्वरमा रहेको ‘इन्स्टाको फोटो’ मा कभर ‘रिप्लाई’ गरिन्। जुन ७४ लाखभन्दा बढीले हेरेका छन्।
त्यस्तै ‘बरिलै’ गीतको कभर गर्दा उनलाई ‘ओरिजिनल’ गीतभन्दा बढी भ्युज मिल्यो।
ओरिजिनल गीतले झण्डै ८० लाख भ्युज पाउँदा उनको रिप्लाई गीतले भने एक करोड २४ लाखभन्दा बढी भ्युज पाएको छ। जसले गर्दा उनी कभर गीतबाट चर्चामा आइन्।
छोटो समयमै लोभ लाग्दो सफलता हात पारेकी गायिका चौहानको सांगीतिक व्यस्तता बढेको छ। लकडाउनको समयमा सार्वजनिक ‘के माया लाग्छ र’बोलको गीतपछि उनलाई फुर्सद मिलेको छैन रे।
एलिनाका ‘मिनिरल वाटर’, ‘कुरा काट्ने मान्छेले काटुन’, ‘छेकेर माया छेकिन्न’, ‘मेरो परान’ लगायतका गीत चर्चित छन्। उनै चर्चित गायिका चौहानसँग हामीले उनको पहिलो अनुभवहरु जान्ने कोसिस गरेका छौँ।
पहिलो गीत रेकर्डिङः २०७० मा ‘गाइने दाजै’ ले भन्ने।
विदेशमा कार्यक्रमः दिल्लीमा भएको थियो। तिम्रो मायाले भन्ने गीत हिट हुँदा।
कमाईः १५ हजार कमाएको थिए। पैसा मात्र सबथोक होइन। अहिले मैले पैसाभन्दा पनि करिअरलाई हेरेकी छु। काम गर्दै जाँदा धेरथोर त कमाइ हालिन्छ।
चलचित्रः गाउन चाहिँ गाएको छु। तर सार्वजनिक भएको छैन।
चर्चित गीतः मेरो अफिसियली चाहिँ ‘के माया लाग्छ र’ भन्ने हो। कभरमा चाहिँ ‘बरिलै’, ‘तिम्रो मायाले बाँधेर राख’।
हवाई जहाज यात्राः भद्रपुरदेखि काठमाडौं। पहिलो पटक प्लेन चढ्दा निक्कै डर लागेको थियो, उत्साह पनि।
प्रेमपत्रः प्रेमपत्र लेखिएन, मेरो समयमा त्यो चलन नै हराइसकेको थियो।
बिछोडः केटाकेटी पनमा स्कुल पढ्दा लभ परेको थियो। छुट्यो।
जवः दुई वर्ष पढाइकै क्रममा शिक्षण पेशा पनि गरेँ। धेरै पढाउँदा पढाउँदै मेरो ‘नाके स्वर’ बन्यो। त्यही स्वर नै मलाई वरदान सावित भयो।
पहिला पनि सबैले मलाई तिम्रो स्वर एक्स्ट्रा छ भन्नुहुन्थ्यो। तर, मलाई भने आफ्नै स्वर मन पर्ने थिएन। पढाउँदा-पढाउँदै थप मिठास बन्न पुगेछ।
मोबाइलः प्लस टु सकेपछि घरबाट मोबाइ दिनुभएको थियो। मामाले किनिदिनुभएको स्क्रिनटचवाला।
गीत रेकर्ड गर्दाको अनुभवः एकदमै डर लागेको थियो। केहि पनि थाहा थिएन।धेरै मिस्टेकहरु गरेको थिएँ। त्यतिखेर म्युजिकको बारेपनि धेरै थाहा थिएन। अहिले सुन्दा धेरै फरक पाउँछु। आफैँले जज गर्दा पनि धेरै कमजोरीहरु निकाल्न सक्छु। आफैँले चित्त नबुझेर दुई/तीन वटा कभरहरु डिलेट पनि हान्देको छु।
दुर्घटनाः ७ बर्षको उमेरमा करेन्ट लागेको थियो। हस्पिटलमा तीन दिन बस्नु परेको थियो। सानोतिनो दुर्घटना त कहिलेकाहीँ भइरहन्छ।
बदमासीः म सानोमा एकदमै सिधा थिएँ। स्कुल लेभलमा बदमासी गरियो। बारीमा सुपारी चोर्ने। कलेजमा केटाहरुसँग झगडा नि गर्ने, म छुच्ची थिएँ।
दुखीः मेरो ममि दुर्घटना हुनुभएको थियो। म साह्रै दुखी भएको थिएँ। ममिलाई आइसियुमा राखेको थियो। त्यहि क्षण नै मेरो जिन्दगीको सबैभन्दा ठुलो क्षण हो।
मेरो कभर गीत युट्युवबाट थाहा नपाई डिलेट हुँदा पनि दुखी भएको थिएँ। सुरुवाती दिनमा कभर गीत गर्दा संगीत क्षेत्रकै व्यक्तिहरुले कभरे, बोक्रे कलाकार भनेर हेप्दा नि नमाज्जा लागेको थियो।
खुसीः फेल भइन्छ कि जस्तो लागेको थियो, एसएलसी पास हुँदा निक्कै खुशी भएको थिएँ। भुइँमा खुट्टै थिएन। अहिले गीतहरु हिट हुँदा पनि खुशी लाग्छ।
प्रेमः प्रेमका लागि समय नै छैन। घरमा विवाहको लागि समेत खासै फोर्स छैन, तर पनि ५ वर्षसम्म म विवाहको लागि सोच्दिनँ।
लाइफ पाटनर छान्ने अधिकार बुबाआमाले आफैँलाई छाड्नुभएको छ। अहिलेसम्म प्रेममा परेकी छैन। लाइफ पाटनर ‘म यस्तो उस्तो’ भन्ने भन्दा पनि मेरो करिअरमा ‘सपाेर्ट’ गर्ने खालको मान्छेलाई छान्छु अनुहार त बुढेसकाल लाग्दै जाँदा चाउरिँदै जाने कुरा त हुन्छ नि।
सर्पोटः संगीत क्षेत्रमा चर्चाको शिखर पुग्नको लागि आमाको ठुलो हात छ।
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया