जनताको स्वास्थ्य र महानगरको समृद्धि

समृद्धि नागरिकभित्रको चेतना र उसको जीवनस्तर हो, जसलाई ठूला महल, सडक र प्रविधिले मात्र प्रतिबिम्बित गर्न सक्दैन

नेपालको राजधानी काठमाडौं, त्यसको पनि मुटु काठमाडौं महानगरपालिका, स्थानीय तहको निर्वाचन निकट आएपछि मात्र चर्चामा आउँछ। काठमाडौं महानगरलाई कस्तो बनाउने, के गर्ने भन्ने विषयमा धेरै चर्चा हुने गर्छ। तर, अन्त्यमा महानगरले उस्तै परम्परागत नेतृत्व चयन गर्छ र अर्को निर्वाचनसम्म शिथिल भएर बस्छ। यो शिथिलता हामीले नेपालको संविधान २०७२ निर्माणपश्चात्को पहिलो स्थानीय तहको निर्वाचन र त्यसको परिणामपछिका दिनमा देखिसकेका छौँ। महानगरको दोस्रो निर्वाचन पनि सन्निकट छ, त्यसैले काठमाडौं महानगर फेरि चर्चामा छ । तर, यसपटक अपेक्षा गरौँ, महानगरले पछिल्लो पाँचवर्षे शिथिलतालाई तोड्नेछ।

विकास के हो ? परिभाषाकै खोजी गर्ने हो भने यसका सन्दर्भमा फरक मतहरू हुन सक्छन्। हामी नेपालीले विकासलाई सपना देखाउनु हो भन्ने ठानेका छौँ, जसले ठूला सपनाको कुरा गर्छ, त्यसले त्यति नै ठूलो विकास गर्ला भन्ने मान्छौँ। पूर्वप्रधानमन्त्री केपी ओलीले नेपाल विकासको खाका कोरे भन्नेहरूको कमी छैन, हाम्रो समाजमा। तर, ओलीका सपना प्लस टुमा बायलोजी नपढेको मान्छेलाई डाक्टर बन्नाइदिन्छु भने जस्ता छन्। विकास वस्तुपरक हुनुपर्छ र त्योभन्दा महत्वपूर्ण विकासले आममानिसको जीवनमा सकारात्मक रूपान्तरण गर्नुपर्छ। पंक्तिकारले विकासको परिभाषा गर्नुपर्‍यो भने सन् २०११ मा जापानस्थित फुकुसिमा प्लान्टमा भएको दुर्घटनाको उदाहरणबाट गर्न सहज ठान्छ। जापान एक विकसित मुलुक हो, तर जापानको विकासको सूचक त्यहाँको भौतिक विकास होइन।

प्रकाशित मिति: : 2022-01-13 10:21:00

प्रतिकृया दिनुहोस्