कडा कानूनको जगमा 'लुते' सामाजिक सुरक्षा कोष: आबद्ध नहुँदा कसैलाई दण्ड, कसैलाई आनन्द !

लोकान्तर

काठमाडौँ

योगदानमा आधारित सामाजिक सुरक्षा कोषको शुरूआत भएको ३ वर्ष पूरा भएपनि कोषले आफूलाई कानूनले दिएको अधिकार समेत प्रयोग गर्न नसक्दा न्यून संख्यामा मात्र रोजगारदाता आबद्ध भएका छन्।

शुरूमा साढे ७ महिनाको समय दिएर कोषमा आबद्ध हुन र योगदान शुरू गर्न निर्देशन दिए पनि हालसम्म कोषमा योगदानकर्ताको उपस्थिति जम्मा ३ लाख मात्रै छ।

 

२५ पुससम्मको तथ्यांकअनुसार कोषमा १६ हजार २३४ रोजगारदातामार्फत ३ लाख ४ हजार २४१ योगदानकर्ता आबद्ध भएका छन्। यी योगदानकर्ताबाट ११ अर्ब ८७ करोड रुपैयाँ संकलन समेत भएको सामाजिक सुरक्षा कोषको तथ्यांकले देखाउँछ।

प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को प्रारम्भिक तथ्यांकअनुसार देशभर ९ लाख २२ हजार ४४५ औद्योगिक प्रतिष्ठान छन्। यी प्रतिष्ठानमा ३४ लाख ८ हजार ७४६ जनशक्ति कार्यरत रहेको देखिन्छ।

प्रकाशित मिति: : 2022-01-12 20:35:00

प्रतिकृया दिनुहोस्