कोरोना संक्रमण बढेपछि फेरि ठप्प होला फिल्म क्षेत्र? प्रशासन भन्छ : खोप कार्ड देखाऊ, फिल्म हेर

पहिलोपोष्ट

काठमाडौँ

कोरोना महामारीले डेढ वर्ष थला परेको नेपाली फिल्म क्षेत्र बिस्तारै जुर्मुराउन थालेको थियो। अक्षय कुमार अभिनीत बलिउड फिल्म 'सूर्यवंशी' ले नेपाली सिनेमा हलमा दर्शक फर्काएको थियो। सूर्यवंशीले सिनेमा हलमा दर्शक फर्काएपछि नेपाली फिल्म निर्माता पनि फिल्म प्रदर्शन मिति तय गर्न तम्सिए। जसकारण 'चपली हाइट ३, लप्पन छप्पन २, प्रेम गीत ३, म यस्तो गीत गाउँछु २, सम्हालिन्छ कहिले मन' लगायत ‘होल्ड’मा रहेका ठूला बजेटका फिल्मको प्रदर्शन मिति तय भयो।

त्यसपछि प्रदर्शन भएको हलिउड फिल्म 'स्पाइडर म्यान' र बलिउडको 'पुष्पा: द राइज' रिलिज भएपछि त नेपाली सिनेमा हल भरिभराउ भए। यी फिल्मले बक्स अफिस नै तताए।

पुस १६ गतेदेखि भीमसेन लामाको निर्देशन रहेको हरर फिल्म 'कठपुतली' रिलिज भयो। फिल्मले दर्शकको राम्रै साथ र प्रतिक्रिया पनि पाइरहेको छ।

प्रकाशित मिति: : 2022-01-12 10:12:00

प्रतिकृया दिनुहोस्