राजनीतिक गतिविधि कोभिड-१९ संक्रमणको ‘सुपर स्प्रेडर’!

पहिलोपोष्ट

काठमाडाैँ

काठमाडौँ: कोरोना संक्रमणको तेस्रो लहरको 'साइरन' बजिसकेको छ। विश्वभर फैलिँदो भाइरसको नयाँ भेरियन्ट 'ओमोक्रन' बाट नेपाल पनि प्रभावित भएको छ। जसकारण फेरि संक्रमितको संख्या दैनिक बढ्दै गएको छ।

यसबीच, कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले कोरोना नियन्त्रणका लागि विभिन्न प्रतिबन्धसहितका उपाय सिफारिस गरिसकेको छ। सिफारिस अनुसार गृह मन्त्रालयले सर्कूलर जारी गरिसकेको छ।

एकातिर सरकार संक्रमण नियन्त्रणमा लागिरहेको छ अर्कोतिर संक्रमण फैलिनबाट रोक्न राजनीतिक दलहरूले चासो देखाएका छैनन्। पछिल्लो समय देशका प्रमुख राजनीतिक दलहरू महाधिवेशनमा होमिए।

ओमोक्रनको गति विश्वमा बढ्दै जाँदा भएको राजनीतिक गतिविधि कतै संक्रमणको 'सुपर स्प्रेडर' बन्ने त होइन भन्ने प्रश्न उठेको थियो। अहिले देशमा फेरि संक्रमणको दर बढ्दै जाँदा पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र सत्तारुढ दल नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र) का गतिविधि संक्रमण रोक्नतर्फ केन्द्रित नै छैनन्।

प्रकाशित मिति: : 2022-01-10 18:38:00

प्रतिकृया दिनुहोस्