भारतमामा कोभिडः एकै दिन १ लाख ७९ हजारमा संक्रमण, संसदका सयाैं कर्मचारी संक्रमित

बिएल संवाददाता

नयाँ दिल्ली
फाइल तस्वीर
फाइल तस्वीर

भारतमा कोभिड संक्रमण तीव्र वेगमा बढिरहेको छ। आइतबार एकै दिन एक लाख ७९ जनामा  संक्रमण देखिएको छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ।

पछिल्लो समयमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा पनि संक्रमण बढेको छ। दिल्लीमा ३०० प्रहरीमा कोभिड देखिएको छ। त्यस्तै, संसदका ४०० कर्मचारीमा कोभिड संक्रमण देखिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन्।

भारतमा दैतिक संक्रममण दर औषतमा ११ प्रतिशत छ। भारतका २७ ओटा राज्य र युनियन टेरिटोरीमा ओमिक्रोन फैलिएको छ। संक्रमण बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ। १५ देखि १८ वर्ष समूहका २ करोडभन्दा बढी युवाहरुले पूर्ण खोप लगाएका छन्। 

प्रकाशित मिति: : 2022-01-10 10:15:00

प्रतिकृया दिनुहोस्