‘लोकतन्त्रमा सत्ता झन् निर्दयी भएछ’

हिमाल खबर

सागर बुढाथोकी
माइतीघर मण्डलमा रूबी खान। तस्वीर: अमित मचामसी
माइतीघर मण्डलमा रूबी खान। तस्वीर: अमित मचामसी

न्यायको खोजीमा भौतारिंदा रुबी खानको समूहले पाएको कष्टले उनीहरूलाई देशमा लोकतन्त्र आएको महसूस भएको छैन।

बाँकेकी नकुन्नी धोबीको मृत्यु तथा निर्मला कुर्मीको अपहरण गरी हत्या भएको भनिएको घटनामा अनुसन्धान माग गर्दै नेपालगञ्जबाट काठमाण्डौं आएकी रुबी खानले पछिल्लो तीन महिनामा जे भोगिन्, त्यो उनको कल्पनामा थिएन। २० दिन लामो पैदल यात्रा गर्दै काठमाडौं, त्यसपश्चात् १२ दिन आन्दोलन, त्यो क्रममा बहुविवाहको मुद्दामा प्रहरी हिरासत, अनि ज्यान मार्ने धम्की र आन्दोलन रोक्नका लागि दबाब। 

खानलाई अझै धेरै कुरा सहन बाँकी छ झैं लाग्छ। उनी भन्छिन्, “माग पूरा भएको होइन, पूरा गर्ने आश्वासन मात्र पाएका हौं, त्यसैले आन्दोलन सकिएको होइन, स्थगित मात्र हो।”

प्रकाशित मिति: : 2022-01-08 06:36:00

प्रतिकृया दिनुहोस्