राष्ट्रपतिले दिए प्रदर्शनकारीलाई सिदै गोली हान्ने आदेश

Photo: AFP
Photo: AFP

भूतपूर्व सोभियत गणतानत्त्रिक कजाखस्तानमा दर्जनौंको हत्या गर्ने प्रदर्शनकारीलाई राष्ट्रपति कासिम-जोमार्ट टोकाइभले सुरक्षा बलहरूलाई ‘चेतावनी बिना नै मार्न’ आदेश दिएका छन्।

इन्धनको मूल्य वृद्धिविरूद्ध भएको अशान्तिलाई देशभित्र र बाहिरको प्रशिक्षित 'मास्टरमाइंड आतंकवादी लडाँकु'ले सुरु गरेको भन्दै टोकाइभले आइतबार एक सार्वजनिक सम्बोधनमा उक्त कुरा बताएका हुन्।

'आतंकवादीहरूले राज्य र निजी सम्पत्तिलाई क्षति पुर्‍याउन र नागरिकहरूविरुद्ध हतियार प्रयोग गर्ने क्रम जारी राखेका छन्। त्येसैले सेनासहित सुरक्षा बललाई बिना चेतावनी गोली हानि हत्या गर्न आदेश दिएँ,' टोकाइभले भने।

टोकाइभले काजाखस्तानकाे सबैभन्दा ठूलो शहर अल्माटीमा अवस्था स्थिर भएको र आपतकालिन अवस्थाको कार्यान्वयनले नतिजा ल्याएको बताए।

कजाखस्तानको राज्य मिडियाले शुक्रबार हिंसात्मक प्रदर्शनमा १८ सुरक्षाकर्मी, २६ 'बन्दुकधारी आतंकबादी' मारिएको र ३००० भन्दा बढीलाई हिरासतमा लिइएको जनाएको छ।

टोकाइभले उक्त प्रदर्शन कजाखस्तानमा पहिलेदेखि रही आएको अशान्ति बढ्दै विनाशकारी र घातक भएको कुरा मात्रै सम्बोधन गरेन। अहिले उचाई लिएको हिंसा 'आतंकवादी हमला' गर्ने स्लीपर सेलहरू र 'वैचारिक विनाशमा प्रशिक्षित विशेषज्ञहरू कुशलतापूर्वक विकृत सूचनाको प्रयोग गरेर मानिसहरूको मानसिकतामाथि खेलवाड गर्ने' एक सुसंगठित शत्रुको उत्पादन रहेको समेत बताए।

'उनीहरूको कार्यले सैन्य, प्रशासनिक र सामाजिक सुविधाहरूमा आक्रमणको स्पष्ट योजना, क्रूरताको सू–संगत समन्वय, लडाइँको लागि तयारी र पशु क्रूरता देखाएको हुनाले तिनीहरूलाई नष्ट गर्न आवश्यक छ,' टोकाइभले भने।

तर, अन्तर्राष्ट्रिय मिडियासँग कुरा गर्ने धेरै प्रदर्शनकारीहरूले त्यो चरित्र नभएकाे बताएका छन्। 'हामी न ठग न आतङ्ककारी हौं। यहाँ भ्रष्टाचार मात्र बढिरहेको छ,' एक महिला प्रदर्शनकारीले राष्ट्रपतिको आरोपको जवाफ दिँदै भनिन्।

इन्धनको मूल्यमा भएको बृद्धिप्रतिको प्रारम्भिक जनआक्रोशले भ्रष्टाचार, जीवनस्तर, गरिबी र तेलको धनी राष्ट्रमा बेरोजगारीलाई लिएर सरकारसँग व्यापक असन्तुष्टिबाट विस्तार भएको प्रदर्शन निरंकुश शासनका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो चुनौती कोभिड- १९ महामारीले झन् तीव्र बनाएको विज्ञहरू बताउँछन्।

स्थानीय मिडियाको रिपोर्टअनुसार अल्माटीमा प्रदर्शनकारीहरूले एयरपोर्टमा आक्रमण गर्नुका साथै सरकारी भवनहरूमा जबरजस्ती प्रवेश गरी शहरको मुख्य प्रशासनिक कार्यालयमा आगजनी गरेका छन्।

बिहीबार भएको झडपमा दर्जनौंको मृत्यु र सयौं घाइते भएको त्यहाँका सञ्जार माध्यमले बताएका छन्। राष्ट्रव्यापी इन्टरनेट ब्ल्याकआउट र अन्य प्रमुख शहरहरूमा क्षतिको रिपोर्ट भएता पनि स्थिति स्थिर भएपछि इन्टरनेट बिस्तारै पुनर्स्थापित भइरहेको टोकाइभले दाबी गरे। अधिकारीहरूले यसअघि राष्ट्रव्यापी आपतकालको घोषणा गरेका थिए।

प्रजातन्त्रको प्रवर्धन गर्न सन् २०२० मा शान्तिपूर्ण भेलालाई कानूनी मान्यता दिएको टोकाइभले आफ्नो सम्बोधनमा भने। तर, शान्तिपूर्ण समाधान खोज्न विदेशबाट आएको आह्वान ‘बकवास’ भएको उनले बताए।

रूसको नेतृत्वमा भूतपूर्व सोभियत राज्यहरू मिलेर बनेको सैन्य गठबन्धन 'सामूहिक सुरक्षा सन्धि संगठन (सीएसटीओ)' रक्षा र समर्थनको कार्यहरू गर्न 'छोटो समयको लागि' देशमा आइपुगेको टोकाइभले बताए।

सरकारी र रणनीतिक सुविधाहरूको सुरक्षा गर्न र सार्वजनिक व्यवस्था कायम गर्न लगभग ३६०० 'सीएसटीओ' कर्मचारीहरू कजाखस्तानमा खटाइने संगठनका महासचिव स्टानिस्लाभ जासले रुसको राज्य-संचालित अंग्रेजी भाषा स्पुतनिक समाचार एजेन्सीलाई बताए। रुसी हवाई सेनाको एक ब्रिगेड पनि कजाखिस्तान आइपुगेको रुसी राज्य समाचार एजेन्सी तासले बताएको छ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: : 2022-01-07 19:39:00

प्रतिकृया दिनुहोस्