एकै दिन ९६८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार ९७१ जनाको स्वास्थ्य परीक्षण गर्दा ९६८ जनामा संक्रमण पुष्टि भएको हो।

यसअघि बिहीबार ५४० जनामा संक्रमण पुष्टि भएको थियो। नेपालमा दैनिक कोरोना संक्रमण बढ्दै गइरहेको छ।

यस्तै गत २४ घण्टामा २६२ जना सङ्क्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार ७४१ जना सक्रिय सङ्क्रमित रहेका छन्।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन।

प्रकाशित मिति: : 2022-01-07 16:42:00

प्रतिकृया दिनुहोस्