संसार बदल्छु भन्थ्यो, आफैं बदलिएछ!

सेतोपाटी

काठमाडौँ

'तपाईं यसो यज्ञतिर, हैन धार्मिक कर्मतिर, अनि गुरुजीहरूको तिर, गएको देखिन्छ नि त! फोटो आउँछ।'

करिब दुई वर्ष पहिले पत्रकार सुधीर शर्माले 'पूर्व क्रान्तिकारी' नेता पुष्पकमल दाहाल 'प्रचण्ड'लाई एउटा कार्यक्रममा प्रश्न गरेका थिए।

उत्तरमा प्रचण्डले भने, 'अब हेर्नुहोस्, मैले अघि भने नि, परिस्थितिअनुसार हुन्छ भनेर। जे भन्या थिएँ त्यही हो। भोट चाहिन्छ, जहाँ पनि जानै पर्‍यो नि!'

उक्त संवादलाई त्यही हलमा बसेर नियालिराख्दा हाँसोको तापले गुन्जिएको हलमा मलाई भने चिसो पसिरहेको थियो। आज पनि मलाई त्यो बहस सम्झँदा निकै 'अप्ठ्यारो' लाग्छ। एउटा 'क्रान्तिकारी' नेता जो आफ्नो टाउकोको मूल्य तोक्दा समेत पर्वाह नगरी राजनीतिमा होमियो, आज तिनै नेताहरूसमेत भोटका लागि जहाँ पनि किन धाउनुपरेको छ? जसको कार्यक्रममा गएर पनि जे पनि किन बोल्नु परिरहेको छ? ज्यानभन्दा मत वा पद किन महत्वपूर्ण भयो?

प्रकाशित मिति: : 2022-01-06 16:31:00

प्रतिकृया दिनुहोस्