धेरैपटक बालबाल बचेका विपीन

बाह्रखरी

काठमाडौँ

गत वर्षको पुस महिनाको एक साँझ। आमा बिरामी थिइन्। बल्खुको बयोधा हस्पिटलमा उपचारका लागि राखिएको थियो। विपीन कार्की कालीमाटीमा गाडी थोरै छेउ लगाएर विस्तारै चलाउँदै औषधि पसल हेर्दै पार्किङ खोज्दै थिए। साँझ झमक्क परिसकेको थियो। आध्यारोले पंख फिँजाइसकेको थियो। महानगर भए पनि अँध्यारो चिर्न सडक बत्ती थिएन।

अँध्यारो छ, गाडीले मान्छे वा बाइक छुने पो हो कि विपीन सजग थिए। त्यसैले उनका आँखाहरू छेउका औषधि पसल र पार्किङ कहाँ छ खोज्दै थिए।

त्यही बेला आवाज आयो– घड्याकघुडुक। कोही कारायो– ऐऽऽऽया मरेँ ! विपीनले अगाडी हेरे, दुर्घटना नै पो भइसकेछ। ‘मेरो गाडीले मान्छे हान्यो। लौ बर्बाद भयो !’

डराउँदै–डराउँदै गाडीको ढोका खोलेर बाहिर निस्किए। केही केटाहरूले उनको हातबाट गाडीको चाबी खोेसे। विपीनले हेर्दै चिने, उनीहरू मजदुर हुन्। ठूलो दुर्घटना भयोरभएन थाहा छैन। सोचे– तर, नभए गाडी अगाडि सुत्दिन्छन्। उपचार खर्च त तिराउँछन् नै क्षतिपूर्तिका लागि बार्गेनिङ गर्नेछन्। आमा अस्पतालमा भएकै बेला अर्को झमेला हुने भयो।

प्रकाशित मिति: : 2022-01-06 14:10:00

प्रतिकृया दिनुहोस्