सुनचाँदीको मूल्य बढ्यो, यस्तो छ बजार भाउ

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ  कायम भएकोमा बुधबार ६०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको हो।

बुधबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ५६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार १३० रुपैयाँ कायम भएको महसंघले जनाएको छ।

चाँदीको मूल्य पनि बुधबार तोलामा १० रुपैयाँले बढेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको थियो। त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ८० रुपैयाँ कायम भएको महसंघले जनाएको छ।

प्रकाशित मिति: : 2022-01-05 11:08:00

प्रतिकृया दिनुहोस्