अस्ट्रेलियाको सपना त्यागेर कृषिमा करोड बढी लगानी गरेका मेघराज (भिडिओ)

२३ वर्षे मेघराज भन्छन्ः सबभन्दा धेरै खुसी बुवाको धन्यवादले दिएको छ

सेतोपाटी

नारायण खड्का
मेघराज खड्का। तस्बिरः नारायण खड्का/सेतोपाटी

रुकुम पश्चिमको मुसिकोट नगरपालिका- ४ सोलाबाङका मेघराज खड्का सानैदेखि बुवाले गरेको खेती हेर्दै हुर्किए। मेघराजका अनुसार हाल ६० वर्ष पुगेका उनका बुवा वीरबहादुर सोलाबाङमा व्यवसायिक तरकारी खेती भित्र्याउने पहिलो व्यक्तिहरूमध्येका एक हुन्।

वीरबहादुरले बिक्रम सम्वत् २०३० कै दशकमा एसएलसी पास गरेका थिए। त्यो बेला यति शिक्षा हुँदा उच्च पदमा जागिर पाउने सम्भावना धेरै थियो। तर वीरबहादुरले जागिरको पछि नलागी कृषि पेसा अँगाले।

'बुवाले तरकारी खेती गरेर थुप्रै पुरस्कार पाउनुभएको छ,' मेघराज भन्छन्, 'उहाँले सोलाबाङमा कृषि क्रान्ति नै ल्याउनुभएको थियो भन्ने मलाई लाग्छ।'

प्रकाशित मिति: : 2022-01-05 08:23:00

प्रतिकृया दिनुहोस्