गुड्डुको योजनामा जेलभित्रैबाट ड्रग्सको डिल, कारागारका कर्मचारीको पनि कनेक्सन

सविन ढकाल

काठमाडाैँ

कारागारका कर्मचारी र जेलभित्रै रहेका अपराधीको मिलेमतोमा लागू औषध कारोबार हुने गरेको खुलासा भएको छ। 

लागू औषध नियन्त्रण व्युरोको अनुसन्धानमा कारागारभित्रबाटै यस्तो कारोबार हुने गरेको देखिएको हो।

लागू औषधकै मुद्दामा दोषी ठहर भएर सिन्धुली कारागारमा रहँदै आएका भारतीय नागरिक गुड्डु गुप्ताको योजनामा भित्रैबाट ड्रग्सको धन्दा चल्दै आएको व्युरोले जानकारी दिएको छ। उनको नेतृत्वमा ८ जनाको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो।

प्रकाशित मिति: : 2022-01-04 17:55:00

प्रतिकृया दिनुहोस्