जो मलामी जाँदै थिए, आफैं रहेनन्

लोकान्तर

काठमाडौं

घुम्तीमा चालकले गाडी मोड्न नसक्दा बुटवलबाट शव बोकेर रिडी जाँदै गरेको बस आइतवार पाल्पाको रिब्दीकोट गाउँपालिका–२ मा दुर्घटना हुँदा ७ जनाको अकालमै ज्यान गयो । 

बुटवल–१७, रानीगञ्जका ७० वर्षका वीरबहादुर विश्वकर्माको शवलाई दाहसंस्कारका लागि गुल्मी, पाल्पा र स्याङजाको संगमस्थल धार्मिक तीर्थस्थल रिडी लैजाँदै गरेको लु १ ख ७२७९ नम्बरको बस पाल्पा–तम्घास सडकखण्डअन्तर्गत पर्ने लघुवाबाट ५० मिटर तल खसेको थियो । 

दुर्घटनामा मलामी गएका गाडीमा सवार ३५ जनामध्ये ७ जनाको घटनास्थलमै मृत्यु भएको हो । १५ जना घाइते छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । दुर्घटनामा अर्घाखाँची मालारानी गाउँपालिका–२ का शंकर विक (२५), मोहन कुँवर (३६), भोजेन्द्र विक (२८), अर्जुन विक (३३), रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ का विजय थापा (३२), पशुपति रसाइली (३०), खुमबहादुर थापा (४०) रहेका छन् । 

प्रकाशित मिति: : 2022-01-02 19:40:00

प्रतिकृया दिनुहोस्