राप्ती साहित्य परिषद्को नयाँ कार्यसमिति, उदासी बने अध्यक्ष

राप्ती साहित्य परिषद्को नयाँ केन्द्रीय कार्यसमिति चयन गरिएको छ। शनिबार घोराहीमा सम्पन्न चौधौं अधिवेशनले साहित्यकार टीकाराम उदासीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

जसको वरिष्ठ उपाध्यक्षमा कमलमणि देवकोटा चयन भएका छन्। उपाध्यक्षमा दीपक शर्मा समीर, कविता उपाध्याय, विमला खनाल, प्रविण भण्डारी, मनलाल वली, कमानसिं विष्ट चयन भएका छन्। 

परिषद्को महासचिवमा रमेश सुवेदी, सचिवमा आदिम केसी र कोषाध्यक्षमा खेमराज मल्ल चयन भएको निर्वाचन समतिले जानकारी दिएको छ।

त्यस्तै सदस्यमा छविलाल कोपिला, गोपाल भुसाल (अभिलाषी), सरीता देवकोटा, इन्द्र भण्डारी अङ्कित, सरीता चलाउने, माहनसिंह घर्ती मगर, सिर्जना शर्मा, ओम बहादुर खत्री, पूर्णबहादुर वली, ओम पन्छी, गीता निर्दोषी, नारायण रेग्मी जिज्ञासु, जमुना गौतम, शिवकुमार शाही, गोविन्द पुन गिरीष, देवेन्द्रकुमार रिजाल, नवराज शर्मा र शान्ता गिरी चयन भएका छन्। 

निर्वाचन अध्यक्ष मण्डलमा डा. अमर गिरी, सुशील गौतम र डिबि टुहुरो रहेका थिए। राप्ती साहित्य परिषद्ले साविकको राप्ती अञ्चलका ५ जिल्लामा शाखा कार्यालय स्थापना गरेर साहित्यिक गतिविधि गर्दै आएको छ। हाल आएर नयाँ बनेको जिल्ला रुकुम पूर्वमा पनि परिषद्को शाखा कार्यालय रहेको छ।

प्रकाशित मिति: : 2022-01-02 10:01:00

प्रतिकृया दिनुहोस्