अछामका ७७ वडामा एमालेको प्रतिनिधि छनोट

नेकपा एमाले अछामले जिल्लाका ९१ वटा वडा मध्ये ७७ वटा वडामा सर्वसम्मत प्रतिनिधि छनोट गरेको छ।

मंगलसेन नगरपालिकाका १२, साँफेबगर नगरपालिकाका १३, कमलबजार नगरपालिकाका ८, पंन्चदेवल विनायक नगरपालिकाका ६ वडाबाट जिल्ला अधिवेशनका लागि प्रतिनिधि टुंगो लागेको बताइएको छ।

यस्तै तुर्माखाद गाउँपालिकाका ८, मेल्लेख गाउँपालिकाका ८, रामारोशन गाउँपालिका ७, ढकारी गाउँपालिकाका ६, बान्निगढी जयगढ गाउँपालिकाका ६ र चौरपाटी गाउँपालिकाका ३ वटा वडामा टुंगो लागेको एमाले अछामका कार्यालय सचिव लिलाराज केसीले जानकारी दिए। 

बाँकी १४ वडामा प्रतिनिधि छनोट कार्य जारी रहेकाले भोलिसम्म टुंगो लागिसक्ने केसीले बताए। नेकपा एमाले अछामको आठौं जिल्ला अधिवेशन पौष २३ गतेबाट सुरु हुँदैछ।

प्रकाशित मिति: : 2022-01-02 06:55:00

प्रतिकृया दिनुहोस्