काली नदीको जीवन खोजिरहेका कवि

थाहा खबर

काठमाडौँ

कालीगण्डकीले सभ्यताको पहिचान बोकेर ६ सय ३० किमीको यात्रा तय गरेको छ। नदीले स्वच्छन्द रुपमा मानव जीवनको सुगन्ध र अस्तित्वलाई आफूसँगै बोकेको छ।

काली नदी त्यही हो, जहाँ शालीग्राम जस्ता जीवाष्मको भण्डार मानिन्थ्यो। काली खोलामाथि मानिसले आफ्नो अस्तित्व भेट्टाउँथे। नदीको लयमा आफ्नो जिन्दगीको लय मिसाउँथे मानिस। 'काली छ हामी छौँ, हामी छौँ काली छ' भन्ने मानसिकता आम मान्छेमा थियो।

समयसँगै कालीको स्वरूप फेरिइसकेको छ। काली नदीमा मानव र धार्मिक आस्था धमिलो पानीमा बगेर धेरै पर पुगिसकेको छ। जसको अन्दाज काली नदीमाथि दोहन गरिरहेका दलाल र तस्करले भुलिरहेका छन्। र, चिर निद्रामा छ स्थानीय, प्रदेश र संघीय सरकार।

दुर्भाग्य, कालीगण्डकीमाथि वीभत्स अवैध दोहन चलिरहेको लामो समय भएको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदूषित बन्दै गएको छ। नदीमा पानीको मात्रा पनि घट्दो छ। नदीको सभ्यता, पर्यावरण र जीविकामाथि गम्भीर संकट पैदा हुने गरी गरिने दोहनले घाटहरू विस्थापित बनिसकेका छन्।  

 

प्रकाशित मिति: : 2022-01-01 17:13:00

प्रतिकृया दिनुहोस्