माफ गर्नुहोला, म तपाईंहरूजस्तो बन्न सक्दिनँ!

सेतोपाटी

कान्ति न्यौपाने

केही समयअघि कक्षामा पढिरहँदा के प्रसंग आयो कुन्नि, एक जना सरले मानिसले लगाएको कपडाबारेको प्रसंग निकाल्नुभयो। अनि भन्नुभयो केहीदिनअघिको एउटा कहानी छ म तपाईंहरूलाई सुनाउँछु। 

म पनि उत्सुक भएँ। 

सरले भन्नुभयो- केही दिनअघि म एउटा कार्यक्रममा गएको थिएँ, कार्यक्रमको आयोजक म आफैं थिएँ। अनि मैले त्यो समयमा अरू बेलाको जस्तै जिन्सको पेन्ट, सर्ट र बाहिरपट्टि ज्याकेट लगाएको थिएँ, एक जना भद्र भलाद्मीले मलाई सुरूमै कोर्ट किन नलगाउनुभएको भनेर होच्याउने गरी प्रश्न गरे अनि मैले पनि तिनलाई यस्तो उत्तर दिए जसले गर्दा उनी बोल्न सकेनन्। त्यो होच्याईंपछि मैले पनि उनलाई दिन लागेको काम क्यान्सिल गरेर उनीसँग मेरो काम अघि बढ्न सकेन।

 सरले सुनाएको उक्त प्रसंगपछि मेरो मनमा पनि थुप्रै विचार जन्मिए ? कस्तो लुगा राम्रो अनि कस्तो नराम्रो ? कस्तो लगाउने व्यक्ति ठूलो अनि कस्तो लगाउने सानो ? के लगाए फर्मल, के लगाए इनफर्मल ? अनि यी कुराबारे मन्थन नै गर्न मनलाग्यो।

प्रकाशित मिति: : 2022-01-01 15:45:00

प्रतिकृया दिनुहोस्