भक्तपुरको सार्वजनिक जग्गा टुक्रा पारेर व्यक्तिको नाममा, जनप्रतिनिधिकै मिलेमतो रहेको आरोप

लोकान्तर

अजय अनुरागी

भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर ३ स्थित हनुमन्ते खोलाको छेउमा रहेको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेर किनबेच गरेको गुनासो स्थानीयले गरेका छन् ।

साबिक बालकोट गाविस वडा नम्बर १ को कित्ता नम्बर ३२ र ३३ को ११ रोपनी जग्गा अहिले आएर टुक्राटुक्रामा विभाजित गरी व्यक्तिको नाममा दर्ता गरिएको स्थानीयको गुनासो छ ।

अर्बौं मूल्य पर्ने उक्त जग्गा मास्ने काममा स्थानीय तहका जनप्रतिनिधि र नेता नै मतियार भएको आरोप उनीहरूले लगाएका छन् ।

साविकका ती कित्तालाई हालसाविक गर्दै नयाँ कित्ताहरूमा टुक्राटुक्रा पारेर सार्वजनिक जग्गा व्यक्तिको नाममा कायम गरिएको छ । मध्यपुर थिमी नगरपालिका, सूर्यविनायक नगरपालिका, मालपोत कार्यालय भक्तपुर, नापी कार्यालय भक्तपुरसहितको मिलेमतोमा भूमाफियाहरूले उक्त जग्गा व्यक्तिको नाममा कायम गरेर बिक्री वितरण गरिरहेको स्थानीयको दाबी छ ।

प्रकाशित मिति: : 2021-12-30 11:23:00

प्रतिकृया दिनुहोस्