ब्राजिलमा भारी वर्षा जारी, बीसको मृत्यु

बिएल संवाददाता

ब्रासिलिया

ब्राजिलमा भारी वर्षा जारी रहेको छ। सो वर्षाबाट सोमबारसम्ममा २० जनाको ज्यान गएको बताइएको छ।

ब्राजिलको उत्तरपूर्वी बाहियामा सो वर्षाको प्रभाव बढी देखिएको छ। सो राज्यमा आएको वर्षाका कारण भौतिक क्षति पनि पुगेको छ।

यहाँको प्रकोप नियन्त्रण निकायले सोमबारसम्म सो वर्षाबाट कम्तीमा पनि २० जनाको ज्यान गएको छ भने अरु ३५८ जना घाइते भएका जनाएको छ।

वर्षापछिको बाढीका कारण उनीहरु घाइते भएका हुन्। सो वर्षाबाट करिब पाँच लाख नागरिक नराम्ररी प्रभावित भएका बताइएको छ।

प्रकाशित मिति: : 2021-12-28 15:46:00

प्रतिकृया दिनुहोस्