माओवादी महाधिवेशनमा मयूर नाचकाे राैनक [तस्विरहरू]

शनि शाक्य

काठमाडौं

नेकपा (माओवादी केन्द्र)को ८औँ राष्ट्रिय महाधिवेशन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ।

आइतबारदेखि सुरु भएको महाधिवेशनमा सोमबारबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार पारेको दस्तावेजमाथि छलफल सुरू भएकाे छ। जसमा देशभरबाट आएका प्रतिनिधिहरु सहभागी छन्।

त्यसकारण पनि काठमाडौँ प्रज्ञा भवनमा चहलपहल निक्कै बढेकाे छ। जहाँ माओवादीका नेता कार्याकर्तादेखि अन्य कलाकारहरु समेत सहभागी छन्। सोही क्रममा रुकुम पश्चिको त्रिवेणी गाउँपालिकाबाट आएको सांस्कृतिक समूहले निरन्तर कला प्रस्तुत गरिरहेको छ।

उक्त समूहले सोमबार पनि आफ्नो मयूर नाच प्रस्तुत गरेको थियो। समूहले प्रज्ञा भवनभित्र महाधिवेशनको बन्दसत्र चलिरहेका बेला बाहिर नाच प्रस्तुत गरेको हाे।

हेर्नुहाेस् तस्विरहरू: 


 

प्रकाशित मिति: : 2021-12-27 16:50:00

प्रतिकृया दिनुहोस्