जेम्स वेब टेलिस्कोपः जसले पत्ता लगाउनेछ ब्रह्मान्डको रहस्य

File Photo
File Photo

ब्रह्मान्डको पहिलो तारा खोज्ने लक्ष्यसहित जेम्स वेब टेलिस्कोप अन्तरिक्ष यात्रामा निस्किएको छ। एरियन रकेटमार्फत अमेरिकी अन्तरिक्ष निकाय नासाले सो टेलिस्कोप प्रक्षेपण गरेको हो। यसलाई इतिहासकै सबैभन्दा ठूलो टेलिस्कोप बताइएको छ।

पृथ्वीको कक्षमा ३० मिनेटभन्दा थोरै समय उडेपछि वेब अन्तरिक्षतर्फ प्रस्थान गरेको थियो। सो टेलिस्कोप पृथ्वीबाट १५ लाख किलोमिटर टाढा पुग्नेछ। अन्तरिक्षमा पुग्ने क्रममा वेबले अहिलेको आफ्नो स्वरूप परिवर्तन गर्ने खगोलशास्त्रीहरुले बताएका छन्।

चन्द्रमामा एपोलो अभियानअन्तर्गत अन्तरिक्षमा यान पठाउन सहयोग गर्ने वैज्ञानिक वेबको नाममा टेलिस्कोपको नाम दिइएको छ। यसअघि हबल टेलिस्कोप अन्तरिक्षमा पुगेको थियो।

यो नयाँ टेलिस्कोप हबलभन्दा १०० गुणा शक्तिशाली हुने विज्ञहरुले बताएका छन्। अमेरिकी अन्तरिक्ष निकाय नासाका प्रशासक बिल नेल्सनले वेब एक असाधारण मिसन भएको बताएका छन्। ‘यो परियोजना जोखिम र टेलिस्कोपको उत्साहजनक सम्भावना रहेको परियोजनाका उपप्रमुख समेत रहेका वैज्ञानिक डा। एम्बर निकोल स्ट्रगनले बताइन्।

टेलिस्कोपमा २१ फिट चार इन्च ब्यासको एउटा खुम्चिएको ऐना पनि जडान गरिएको छ। ऐनालाई अन्तरिक्षमा फैलिन मात्र दुई साता समय लाग्नेछ। परियोजनाका लागि दश अर्ब डलर खर्च लाग्ने बताइएको छ। 

प्रकाशित मिति: : 2021-12-26 14:11:00

प्रतिकृया दिनुहोस्