करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु

सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका–४ आमफाँटा शिविरका अन्दाजी ४१ बर्षीय शुखराम डगौराको मृत्यु भएको हो।

विद्युतीय मोटरबाट गहुँ सिंचाई गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।

करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जोशीले बताए।

प्रकाशित मिति: : 2021-12-25 17:00:00

प्रतिकृया दिनुहोस्