किन चलिरहेको छ माल्दिभ्समा ‘इण्डिया आउट’ अभियान?

आयोमेल

अमृत दाहाल

माल्दिभ्समा पूर्वराष्ट्रपति अब्दुल्ला यामीनको नेतृत्वमा सञ्चालित ‘इण्डिया आउट’ अभियान तीव्र भएको छ। माल्दिभ्समा भारतीय सेनाको उपस्थिति हटाउन माग गर्दै ३ वर्षअघि देखि सुरु भएको यो अभियान यामीनको रिहाईलगत्तै पुनः तीव्र भएको हो। १ अर्ब डलर भ्रष्टाचार मुद्धामा ५ वर्षको जेल सजाय पाएका यामीनलाई अदालतले सफाइ दिएपछि गत ३० नोभेम्बरमा रिहा भएका थिए।

अहिले सामाजिक सञ्जालमा ‘इण्डिया आउट ह्यासट्याग’ निकै चर्चामा छ, जहाँ ‘इण्डिया आउट’ लेखेको राता टिसर्ट लगाएका प्रदर्शनकारीले गरेका प्रदर्शन, गतिविधि र आव्हान देख्न सकिन्छ।

भारतविरोधी अभियान तीव्र भएपछि माल्दिभ्स सरकारले १९ डिसेम्बरमा एक विज्ञप्ति जारी गर्दै देशको सबैभन्दा निकट सहयोगी भारतविरुद्ध घृणा फैलाउने उद्देश्यले एक समूह लाग्नु चिन्ताजनक भएको जनाएको थियो। आफ्नो अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रयोग जिम्मेवारपूर्ण तरिकाले गर्न पनि सरकारले राजनीतिक दल र नेताहरुलाई आग्रह गरेको थियो।

कसरी सुरु भयो माल्दिभ्समा ‘इण्डिया आउट’ अभियान?

यो अभियानको सुरुवात भएको थियो सन् २०१८ मा।

भारतले माल्दिभ्सलाई नौसेनाको एक डोर्नियर विमान र दुई हेलिकोप्टर सहयोग गरेको छ। जसको उद्धेश्य थियो–सामुद्रिक मौसमको निगरानी, खोजी र उद्दार अभियान सञ्चालन तथा टापुका नागरिकलाई उपचारका लागि एयरलिफ्ट गर्नु।

प्रकाशित मिति: : 2021-12-24 20:10:00

प्रतिकृया दिनुहोस्