अर्घाखाँची जिल्लाका २ स्थानीय तह कोरोना संक्रमणमुक्त भएका छन्।
जिल्लाको शितगंगा नगरपालिका र छत्रदेव गाउँपालिका कोरोना संक्रमणमुक्त भएका हुन्।
पछिल्लो एक महिना यता यी दुई पालिकामा कोरोनाका कुनै नयाँ बिरामी नभेटिएको र उपचाररत संक्रमित पनि नरहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ।
'शितगंगा र छत्रदेवमा हाल कोरोनाका विरामी छैनन्,' सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले भने,'पछिल्लो एकमहिनाको रेकर्डले यी पालिकामा कोरोनाका कुनै सुंक्रमित नभएको देखिन्छ।'
कोभिडका कारण ९० जनाले ज्यान गुमाएको अर्घाखाँचीमा हाल १० जना सक्रिय संक्रमित रहेका छन्।
अर्घाखाँचीमा हालसम्म कोभिड संक्रमित हुनेको संख्या ४ हजार ४ सय ९८ पुगेको छ। जसमध्ये ४ हजार ३ सय ९८ जनाले कोभिडलाई परास्त गरेका छन्।