माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश गर्दै, ओलीले स्वागत गर्ने 

File Photo
File Photo

गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट पर्साको जगन्नाथपुर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका जालिम मियाँ नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।

अध्यक्ष मियाँलाई एमालेमा स्वागत गर्न केपी शर्मा ओलीसहित उपाध्यक्ष विष्णु पौडेल आज बिहीबार पर्सा जाँदैछन्।

माओवादी केन्द्रबाट सांसद पदका उम्मेदवार मुसलिन मियाँ अन्सारीसहित सोही गाउँपालिकाका वडा अध्यक्षहरू पनि एमाले प्रवेश गर्ने कार्यक्रम तय भएको पर्सा जिल्ला कमिटीले जनाएको छ।

कार्यक्रम व्यवस्थापनका लागि स्थायी कमिटी सदस्य प्रभु साह, रघुवीर महासेठलगायत प्रदेश–२ का नेता पर्सा पुगिसकेका छन्।

प्रकाशित मिति: : 2021-12-23 09:58:00

प्रतिकृया दिनुहोस्