फेसबुकको प्रेमले बिल्लिबाठ

थाहा खबर

सुजता लिम्बू

नेपाल प्रज्ञा-प्रतिष्ठानको ‘नेपाली बृहत् शब्दकोश’मा ‘प्रेम’को अर्थ यसरी लेखिएको छ- कुनै विषय‚ वस्तु वा व्यक्तिका स्वभाव एवं गुणप्रति मनमा उत्पन्न हुने आकर्षण वा आत्मीयता‚ अनुराग।

तर‚ प्रेमको अर्थ शब्दमा उतार्न सकिँदैन। प्रेमकै कारण संसार चलिरहेको छ। प्रेम नहुँदो हो त मानवता नै रहँदैन। प्रेम छ त्यसैले त सम्बन्ध छ‚ भरोसा छ। तर, यही प्रेमका कारण खोटाङकी २३ वर्षीया पार्वता (नाम परिवर्तन) को भोक, निन्द्रा नै हरण भएको छ।

चार वर्षअगाडि एसईई पास गरेपछि पार्वताले सामाजिक सञ्जाल फेसबुक चलाउन सुरु गरिन्। एसईई पास भएपछि मोबाइल पाएकी पार्वतालाई गाउँकै साथीले फेसबुक एकाउन्ट खोलिदिइन्। सुरुवातका मेसेज कसरी गर्ने भन्ने नै नजानेकी बताउने उनी केही समयपछि साथीको सहयोगले नै फोटो पोष्ट गर्नु, नयाँ, नयाँ साथी बनाउनु र च्याट गर्न सक्ने भइन्।

यसै क्रममा उनी अपरिचित केटा साथी अर्थात् मोरङको पथरीका उमेश (नाम परिवर्तन)सँग फेसबुक साथी बनिन्। मेसेन्जरमा कुराकानी भयो। कुराकानी पछि नजिकिन पुगेको पार्वताले सुनाइन्। दैनिक हुने कुराकानीले उनीहरूबीच एकअर्कामा परिचय साटासाट मात्रै भएन, मन पनि साटियो। अर्थात् उनीहरूबीच प्रेम मौलायो। पार्वता र उमेश प्रेममा बाँधिएको चार वर्ष भएको उनले सुनाइन्।

केही वर्षपछि विवाह ब

प्रकाशित मिति: : 2021-12-21 11:27:00

प्रतिकृया दिनुहोस्