स्विट्जरल्याण्डस्थित ‘व्याकफाउ ट्राभल’ कम्पनीद्वारा रसुवाका एक सय बढी पर्यटन मजदुरलाई खाद्यन्न वितरण

रसुवाका पर्यटन मजदुरलाई ट्रिप हिमालयको समन्वयमा स्विट्जरल्याण्डस्थित 'व्याकफाउ' ट्राभल कम्पनीद्वारा राहत स्वरुप खाद्यान्न वितरण गरिएकाे छ। कोरोना महामारीले लामो समय प्रभावित भएका नौकुण्ड गाउँपालिका वडा १ र ६ का एक सय बढी धेरै घरपरिवारलाई विहिबार खाद्यन्न वितरण गरेका हुन्।

ट्रिप हिमालय नेपालका प्रवन्ध निर्देशक ठगेन्द्र गुरुङले कोरोना महामारीका कारण यहाँका पर्यटन मजदुरहरु लामो समय रोजगारविहन हुन पुगेकाले राहत स्वरुप खाद्यान पुनः बाडेकाे बताए। 

दुई महिना अगाडि पनि सोही कम्पनीद्वारा १ सय २८ वोरा चामल, ६ सय ४० केजी दाल, १ सय २८ लिटर तेल लगायत नून र सावुन वितरण गरेका थिए। त्यसको साथै १३ घरपरिवारलाई आर्थिक सहयोग समेत प्रदान गरेका थिए।

स्विट्जरल्याण्डस्थित व्याकफाउ ट्राभल कम्पनीका प्रवन्ध निर्देशक क्लाउडिया स्मिथले कोराना महामारीको चपेटामा परेको नेपालका पर्यटन मजदुरबारे चासो राख्दै राहत वितरण गर्ने निर्णय गरेको बताइन्।

कम्पनीका कुक समेत रहेका पासाङ तेम्बा तामाङ निकै हर्षित हुँदै विषम परिस्थितिमा राहत प्राप्त गरेकोमा स्विट्जरल्याण्डस्थित क्लाउडिया र ट्रिप हिमालयप्रति कृतज्ञता प्रकट गरका थिए।

त्यस्तै, सोही गाउँका फूलमाया तामाङले राहत प्राप्त गरेकोमा सहयोगी दातालाई धन्यावाद दिँदै आशिर्वाद दिइएकी थिइन्।

आर्का सहायक गाइड सूर्य थिङले कोरोना महामारी लम्बिदै जाँदा लामो समय कामविहिन हुन परेकोले पर्यटन क्षेत्रमा मन मरेको तर यस्ता किसिमको सहयोगले कम्पनीलाई धन्यवाद दिँदै पर्यटनमा फर्किने आशा जिवितै रहेको बताए। 

रसुवा जिल्लाको सर्स्यु क्षेत्रका अधिकांश स्थानीयहरु वर्षौदेखि पर्यटन क्षेत्रमा आवद्ध छन्। यसअघि अक्टोबर २०२० मा कम्पनीले २६ कोरोना प्रभावित घर परिवारलाई कुल ५ हजार २०० केजी चामल, १ हजार ४० केजी दाल, २ सय ८ लिटर तेल, २ सय ८ केजी नून र साबुन र मास्कहरु उपलब्ध गराएका थिए।

त्यस्तै, गत नोभेम्बर २०२० मा सोही कम्पनीको सहयोगमा दुर्गम जिल्ला डोल्पाका जनतालाई २४ सय केजी चामल, ३ सय केजी दाल, ९६ लिटर खाना पकाउने तेल र ९६ केजी नून वितरण गरेका थिए।

गत वर्ष मंसिरमा सोही कम्पनीले महामारीको बेला जीविकोपार्जनका लागि रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकामा विभिन्न सात परिवारलाई १५ वटा बाख्रा र डोल्पा जिल्लामा १२ वटा बाख्रा वितरण गरेका थिए।

प्रकाशित मिति: : 2021-12-20 18:53:00

प्रतिकृया दिनुहोस्