३५ वर्षीय बोरिक बने चिलीका सबैभन्दा कम उमेरका राष्ट्रपति

बिएल संवाददाता

सान्टियागो
Photo - thehindu
Photo - thehindu

चिलीमा विपक्षी पार्टीका नेता ग्याब्रियल बोरिक राष्ट्रपतिमा निर्वाचित भएका छन्। दक्षिणपन्थी उम्मेदवार जोसे एन्टोनियो कास्टलाई पराजित गरी ३५ वर्षीय बोरिक विजयी भएका हुन्।

अधिकांश मतगणना हुँदा बोरिकले ५६ प्रतिशत मत प्राप्त गरेका छन्। कास्टले ४४ प्रतिशत मत प्राप्त गरेका छन्। मतदान सम्पन्न भएको डेढ घन्टामै कास्टले आफ्नो पराजय स्वीकारेका थिए।

निर्वाचनको औपचारिक घोषणा हुन भने बाँकी छ।

३५ वर्षीय बोरिक चिलीको इतिहासमा नै अहिलेसम्मका कान्छा राष्ट्रपति हुनेछन्। त्यस्तै, उनी विश्वमै कान्छो नेतामध्ये एक हुनेछन्।

देशव्यापी रुपमा सरकारविरोधी प्रदर्शन भइरहेको पृष्ठभूमिमा राष्ट्रपति निर्वाचन सम्पन्न भएको थियो।

पूर्वविद्यार्थी नेता बोरिसले असमानताविरुद्ध सरकारविरोधी आमप्रदर्शन र सन् २०१९ तथा सन् २०२० भ्रष्टाचारविरोधी आन्दोलनलाई समर्थन जनाएका थिए। 

प्रकाशित मिति: : 2021-12-20 12:35:00

प्रतिकृया दिनुहोस्