धर्मनिरपेक्ष हुँदा कसैलाई नोक्सान हुँदैन

हिमाल खबर

काठमाडौं

धर्मनिरपेक्षता भनेको राज्य तथा राज्यसँग सम्बद्ध सबै निकायहरू धर्मबाट अलग हुनु हो। त्यो अर्थमा बुझ्दा धर्म नितान्त व्यक्तिगत कुरा हो। जतिवेला राज्यले धर्मलाई आफ्नो या पराइ बनाउँछ, तब यो राज्य र राजनीतिसँग जोडिन्छ। त्यो स्थितिमा धर्मनिरपेक्षता या धर्म सापेक्षता राजनीतिसँग जोडिएर आउँछ।

धर्मनिरपेक्षताको बहस नेपालमा सामान्य ढंगले आएको देखिंदैन। यो धर्मलाई लिएर द्वन्द्व भएको देश अर्थात् बेलायतबाट उत्पत्ति भएको हो। जहाँ आर्थिक, सामाजिक र राजनीतिक रूपमै चर्चको आधिपत्य थियो, चर्च र राज्य मिलेर शासन चलाउँथे।

नेपाल जस्तो विविधता भएको समाज थिएन। क्रिश्चियनहरू धेरै थिए। तर, त्यहाँ पनि क्रिश्चियनभित्रै क्याथोलिक र प्रोटेस्टेन्ट सम्प्रदायबीचको द्ववन्द्वले राज्य छिया-छिया हुने सम्भावना भएकाले 'सेक्युलरिज्म'को अवधारणा आएको हो।

विविधता नै पहिचान बनेको नेपाल जस्तो देशमा निश्चित पन्थलाई प्राथमिकता दिएर हिन्दू राष्ट्र हुनुपर्छ भन्नु अनौठो सुनिन्छ। मैले एउटा पुरानो म्यागजिन 'मिरर' पढ्दा २०३६ सालमा विश्वेश्वर कोइरालाले अन्तर्वार्तामा भन्नुभएको थियो, 'नेपाल न हिन्दू राज्य हो, न कहिले हिन्दू राज्य थियो, न त यो हिन्दू राज्य नै हुनेछ। कसैले त्यसो भन्छ भने त्यो धोका हो।' 
 

प्रकाशित मिति: : 2021-12-20 09:53:00

प्रतिकृया दिनुहोस्