बगदादमा अमेरिकी दूतावासतर्फ रकेट प्रहार

Breaknlinks
(Photo: AP)

बगदादमा रहेको अमेरिकी दूतावासतर्फ शनिबार प्रहार भएको दुईवटा रकेट मध्ये एउटा अमेरिकी सेनाले रोकेको छ भने अर्को दूतावास परिसरमा खसेको छ।

अमेरिकी रक्षा अधिकारीका अनुसार उक्त रकेटलाई अमेरिकी सी-राम (काउन्टर रकेट एंड मोर्टार एन्टी मिसाइल) प्रतिरक्षा प्रणालीको सहायताले रोकिएको थियो। 

अमेरिकी दूतावास इराकी राजधानीको संरक्षित 'ग्रीन जोन' क्षेत्रमा अवस्थित छ। 

दूतावास क्षेत्रलाई केन्द्रित गरेर प्रहर गरेको रकेट चुकेर ग्रीन जोन नजिकैको ग्रान्ड फेस्टिभिटिज स्क्वायर क्षेत्र नजिकै अवतरण हुँदै दुई नागरिक सवारी साधनलाई क्षति पुर्‍याएकाे थियो।  

अमेरिकी नेतृत्वको गठबन्धन र इस्लामिक स्टेट समूहको विरोध गर्ने इराकी सरकारी सेनाहरूको मुख्यालय युनियन ३ बेसको उत्तरमा दुबै रकेटहरू मैदानमा उत्रिएकाे स्राेतले जनाएकाे छ।

उक्त घटनाको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन। 

यो घटना इरानी-समर्थित आर्मीहरूले इराकबाट आफ्नो सेना फिर्ता गर्न अमेरिकाको लागि निर्धारित वर्षको अन्त्यको समयसीमा अघि भएको मान्यता अमेरिकी अधिकारीहरु राख्छन्।  

मरीन जनरल फ्रान्क म्याकेन्जीले पेन्टागनमा एसोसिएटेड प्रेसलाई अमेरिकी सेनाले इराकमा गैर-लडाकू भूमिकामा परिवर्तन गरेतापनि उनीहरूले इस्लामिक स्टेट समूहविरुद्ध इराकको लडाइमा हवाई सहयोग र अन्य सैन्य सहायता प्रदान गर्ने बताए।

सन् २०२० मा भएको ड्रोन हमलामा परी मारिएका इरानका जनरल कासिम सुलेमानी र इराकी सैन्य कमाण्डर अबु महदी अल-मुहान्डिसको बदला लिने बाचा इरानसँग सम्बद्ध समूहहरूले गरेका छन्।  

एक ड्रोनको सहायताले इराकी प्रधानमन्त्री मुस्तफा अल-काधिमीको घरलाई लक्षित गरी हत्याको असफल प्रयास यसै वर्षको नोभेम्बरमा भएको थियो।  

– एजेन्सीकाे सहयाेगमा

प्रकाशित मिति: : 2021-12-20 06:29:00

प्रतिकृया दिनुहोस्