विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ४४ पैसा र बिक्री दर १२२ रुपैयाँ ४ पैसा कायम गरेको छ। 

युरोपियन युरो आज एकको खरिद दर १३७ रुपैयाँ ३९ पैसा र बिक्री दर १३८ रुपैयाँ ७ पैसा छ। युके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ४२ पैसा र बिक्री दर १६२ रुपैयाँ २२ पैसा कायम छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ४५ पैसा र बिक्री दर १३२ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४२ पैसा र बिक्री दर ८७ रुपैयाँ ८६ पैसा छ। आज क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ४२ रहेको छ। 

जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६४ पैसा र बिक्री दर १० रुपैयाँ ६९ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ७ पैसा र बिक्री दर १९ रुपैयाँ १६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

आज साउदी अरबियन रियाल आज एकको खरिर दर ३२ रुपैयाँ ३६ पैसा र बिक्री दर ३२ रुपैयाँ ५२ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ १५ पैसा र बिक्री दर ३३ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८७ पैसा छ भने बिक्री दर २९ रुपैयाँ १ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  १० रुपैयाँ २६ पैसा र बिक्रि दर १० रुपैयाँ ३१ पैसा कायम भएको छ।

प्रकाशित मिति: : 2021-12-17 10:39:00

प्रतिकृया दिनुहोस्