लुम्बिनी बसपार्क क्षेत्रमा आगलागी, १० पसलमा क्षति 

लुम्बिनी विकास कोष परिसरमा रहेको लुम्बिनी बसपार्क क्षेत्रमा आगलागी भएको छ।

बिहीबार राति आगलागी हुँदा १० वटा माला तथा गिफ्ट पसल, रेष्टुरेण्ट,  फेन्सी पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। आगलागीको कारण खुल्न सकेको छैन। 

स्थानीयका अनुसार राति २ बजे आगलागी सुरु भएको थियो। आगो नियन्त्रणका लागि लुम्बिनी सांस्कृतिक नागरपालिकाको बारुण यन्त्रलाई खबर गरेपनि दमकल आएन। बरू सिद्धार्थनगर नगरपालिकाको दमकल आएर आगो नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति: : 2021-12-17 10:06:00

प्रतिकृया दिनुहोस्