भारतमा छोरीको विवाह गर्न कम्तीमा २१ वर्ष पुग्नैपर्ने 

बिएल संवाददाता

नयाँ दिल्ली

भारतमा विवाह गर्न छोरीका लागि कम्तिमा २१ वर्ष कायम गरिएको छ।

विद्यमान १८ वर्षबाट बढाएर कम्तिमा २१ वर्ष हुनुपर्ने कानुनी प्रस्तावलाई सकारले अनुमोदन गरेको हो। त्यस्तै, पुरुषका लागि भने यसअघि नै २१ वर्ष पुग्नुपर्ने प्रावधान छ। २१ वर्ष उमेर नपुगी विवाह गरेमा कानुनी कारबाही हुने भएको छ।

 विवाहका लागि न्यूनतम उमेर बढाउने प्रस्तावलाई सरकारले एक वर्षपछि अनुमोदन गरेको हो।

विवाहका लागि महिलाको न्युनतम उमेर बढाउने बारेमा एउटा कार्यदल गठन गरिएको थियो। विभिन्न क्षेत्रका व्यावसायिक व्यक्ति, वयस्क, युवतीहरु, नीति निर्मातालगायत विज्ञहरुसँगको वृहत सुझावपछि कार्यदलले महिलालाई विवाहका लागि न्युनतम उमेर प्रस्ताव गरेको थियो।

विवाहबारे वृहत सार्वजनिक सचेतना अभियान सञ्चालन गर्न पनि कार्यदलले सुझाव दिएको छ। विद्यालयको पाठ्यकंममा यौन शिक्षालाई समावेश गर्नुपर्ने पनि कार्यदलको सुझाव छ।

प्रकाशित मिति: : 2021-12-17 06:00:00

प्रतिकृया दिनुहोस्