चम्क्यो ‘गगन’, निस्कियो ‘प्रकाश’

आयोमेल

काठमाडौँ

‘म महामन्त्री हुन्छु, हुँदैन मलाई थाहा छैन। म १०-१५ वर्ष क्रियाशील भएर काम गर्छु। काम गरेर विश्राम लिंदै गर्दा मेरा २ जना छोरीहरू २०/२५ वर्षका हुनेछन्। तिनीहरूलाई लिएर देशभर कहिँकतै सडकमा घुम्दै गर्दा परैबाट कसैले मायाले भनिदिए पुग्छ- जय नेपाल।’

कांग्रेसी ‘गगन’हरूमा आफ्नो भविष्य खोज्न काठमाडौंमा जम्मा भएका आफ्ना सयौं मतदाताहरूलाई सम्बोधन गर्दै केहीदिन अघि भनेका थिए- यो पटक हामी चुक्यौं र समयले सुम्पेको कार्यभारलाई हामीले आफ्नो कार्मद्वारा प्रमाणित गर्न सकेनौं भने इतिहासले हामीलाई क्षमा गर्ने छैन। त्यसैले, आज निर्णय गर्ने बेला आएको छ, तपाईंको एक भोट आज यो मतदानको लाईनमा आउन नसकेका ती तमाम नेपालीको सपना र आशासँग पनि जोडिएको छ।

अनन्त उडान भरेको एउटा यात्रीले कहिलै आकाशको उचाईं नाप्दैन।

र, यी ‘गगन’ अब उसैगरि फैलिएका छन्, जहाँ नेपाली कांग्रेसका अनगिन्ति ‘तारामण्डल’हरू त्यही ‘गगन’मा उज्यालिन चाहन्छन्।

प्रकाशित मिति: : 2021-12-16 15:59:00

प्रतिकृया दिनुहोस्