८० वर्षको उमेरसम्म चल्ने देउवाको दोस्रो इनिङ्स

देउवा दोहोरिँदा प्रचण्ड र ओली दुवैलाई फाइदा

लोकान्तर

काठमाडौँ
File Photo
File Photo

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बेवसाइटमा राखिएको विवरणअनुसार दोस्रोपटक कांग्रेसको सभापति बन्दै गर्दा शेरबहादुर देउवा ७५ वर्ष (जन्मः १९४६ अर्थात् २००३ जेठ ३१ गते)मा चलिरहेका छन्। कांग्रेस सभापतिको दोस्रो कार्यकाल सकिने बेलामा उनी ८० कटेर ८१ वर्षमा लागेका हुनेछन्।

नेपाली कांग्रेसको विधानअनुसार सभापतिको कार्यकाल चार वर्षको हुन्छ । तर, असाधारण अवस्थामा एक वर्ष म्याद थप गर्न सकिने व्यवस्था छ। 

विधानमा भएको सुविधालाई उपयोग गर्दै प्रायः सभापतिले समय थपेर कार्यकाल लम्ब्याउँदै आएका छन्। पार्टीको दर्ता खारेज हुने अवस्थामा मात्र कांग्रेसको महाधिवेशन हुने गरेको छ। अन्य कुरा यथावत रहेमा कांग्रेसको महाधिवेशन अब २०८३ सालमा हुनेछ। जतिबेला शेरबहादुर देउवा ८० पुगेर ८१ वर्षमा लागिसकेका हुनेछन्।

कांग्रेसको ज्येष्ठ सभापतिको रेकर्ड भने गिरिजाप्रसाद कोइरालाले कायम गरेका थिए। २०६६ चैत ७ गते ८५ वर्षको उमेरमा निधन हुँदासम्म सभापति कोइराला नै थिए । त्यसपछि सभापति बनेका सुशील कोइराला २०७२ माघ २६ गते ७६ वर्षको उमेरमा निधन हुने बेलासम्म सभापति रहे। संस्थापक बीपी कोइरालाई अपवाद मान्दा ७० वर्षको उमेरमा नेतृत्वमा पुग्ने र ८० वर्षको उमेरसम्म नेतृत्वमै रहिरहने देखिन्छ। 

प्रकाशित मिति: : 2021-12-15 16:35:00

प्रतिकृया दिनुहोस्