कालीप्रसादले किन आफैं गाए 'सुन बाटुली'?

सेतोपाटी

काठमाडौँ

केही सातादेखि टिकटकमा धेरै मान्छे एउटै गीतमा नाचिरहेका छन्।

नाचेका मात्र होइन, अभिनयको पृष्ठभूमिमा पनि त्यही गीत सुनिन्छ।

बच्चादेखि पाका उमेरसम्मकालाई नचाइरहेको यो गीत हो- सुन बाटुली।

यो गीत कालीप्रसाद बाँस्कोटाले गाएका हुन्। संगीतकार तथा गायक कालीप्रसादका 'पारि त्यो डाँडामा', 'ठमेल बजार', 'निर जैले रिसाउने' जस्ता गीतले धेरै स्रोतालाई नचाइसकेको छ।

मान्छेहरू नाच्न मन पराउँछन्। नाच्न नजान्नेहरू अरू नाचेको हेरेर रमाइदिन्छन्। यसरी नाच्दा वा नाच हेर्दा अपरिचित मान्छेसमेत भावनात्मक रूपमा जोडिन्छन्। कालीप्रसादलाई संगीतको यही विशेषता खास लाग्छ।

प्रकाशित मिति: : 2021-12-15 13:11:00

प्रतिकृया दिनुहोस्