हारेर पनि शेखरले चुमेको शिखर

आयोमेल

काठमाडौँ

जिन्दगीका कुनै–कुनै हार यस्ता हुन्छन्, जसले एउटा कद झन् बढाइदिन्छन्। झन् राजनीतिमा कहिलेकाहीँ ती हारहरूको पनि इतिहास लेखिन्छ जसमा जितको अर्को एउटा अंश हुन्छ।

नेपाली कांग्रेसको राजनीतिमा डा. शेखर कोइरालाको ‘हार’ जितको त्यही शिखरसँग गाँसिएको छ।

‘प्रष्टरूपमा भन्छु मैले सुरूमा त पत्याएकै थिइनँ, शेखर कोइरालाले आफ्नो यात्रा यहाँसम्म पुर्‍याउनुहुन्छ भनेर’ मतदातासँग मत माग्दै गर्दा नेता मिनेन्द्र रिजालले भनेका थिए- ‘जित हारको कुरा आफ्नो ठाउँमा होला तर, जे भए पनि यो हाम्रो पार्टीको आन्तरिक लोकतन्त्र हो। यहाँ कसैको जित हार हुँदैन।’

कांग्रेसको १४ औं अधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिएका शेखर कोइराला शेरबहादुर देउवासँग पराजित भए। देउवा फेरि पनि पार्टी सभापति भए। तर, हारेर पनि शेखर कोइराला ‘नेता’का रूपमा स्थापित भए।

प्रकाशित मिति: : 2021-12-15 11:16:00

प्रतिकृया दिनुहोस्