५ प्रतिशतले बढेपछि सेयर बजारमा ४० मिनेटका लागि कारोबार बन्द

File Photo
File Photo

दुई दिनदेखि उच्च अंकले घटेको सेयर बजारमा मंगलबार भने सर्किट ब्रेक लागेको छ। कारोबार सुरु भएको दुई घण्टा नबित्दै नेप्से सूचक पाँच प्रतिशतभन्दा बढीले वृद्धि भएपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको छ।

मंगलबार १२:३८ बजेसम्ममा नेप्से ११४.२५ अंकले बढेर २३९५.९२ अंकमा पुगेको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिका कारण आइतबार र सोमबार बजार डेढ सयभन्दा बढी अंकले घटेको थियो।

आफ्नो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि त्यसको बचाउमा प्रचण्डले स्पष्टीकरण दिइसकेका छन्। 

प्रकाशित मिति: : 2021-12-14 13:30:00

प्रतिकृया दिनुहोस्