अन्नपूर्ण पोष्ट
भृकुटीमण्डपको जग्गामध्ये २ सय १४ रोपनीको भोगाधिकार समाज कल्याण परिषद्ले पाएको छ। ८ रोपनी परिषद्को नाममै छ। भूमिसम्बन्धी ऐनले भोगाधिकार चिन्दैन। तर, परिषद्को भोगाधिकार तोडिएको छैन। राजनीतिक संरक्षणका कारण यहाँको जग्गा दुरुपयोग रोकिएको छैन। काठमाडौंको मुटुमा रहेको यो सार्वजनिक सम्पत्तिको ब्रम्हलुट भएको छ।
अहिले पनि ठूला व्यवसायीले अति न्यून मूल्यमा जग्गा उपयोग गरिरहेका छन्। कतिपय संस्थाले लामो समयदेखि भाडा नै तिरेका छैनन्। परिषद्ले ५ करोड ४० लाख बक्यौता उठाउन सकेको छैन।
परिषद्का पूर्वउपाध्यक्ष डा. पदमप्रसाद खतिवडा यी जग्गा लथालिंग रहेको बताउँछन्। नीति नियमविपरीत लामा अवधिको सम्झौता गरेर जग्गा दिइएको डा. खतिवडाको भनाइ छ। ठेक्का पनि पारदर्शी छैन। नाम मात्र ठेक्का लगाइएका छन्। यो जग्गाको १० प्रतिशत पनि सदुपयोग नभएको अर्का पूर्वपदाधिकारी बताउँछन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया