अन्नपूर्ण पोष्ट
भृकुटीमण्डपको जग्गामध्ये २ सय १४ रोपनीको भोगाधिकार समाज कल्याण परिषद्ले पाएको छ। ८ रोपनी परिषद्को नाममै छ। भूमिसम्बन्धी ऐनले भोगाधिकार चिन्दैन। तर, परिषद्को भोगाधिकार तोडिएको छैन। राजनीतिक संरक्षणका कारण यहाँको जग्गा दुरुपयोग रोकिएको छैन। काठमाडौंको मुटुमा रहेको यो सार्वजनिक सम्पत्तिको ब्रम्हलुट भएको छ।
अहिले पनि ठूला व्यवसायीले अति न्यून मूल्यमा जग्गा उपयोग गरिरहेका छन्। कतिपय संस्थाले लामो समयदेखि भाडा नै तिरेका छैनन्। परिषद्ले ५ करोड ४० लाख बक्यौता उठाउन सकेको छैन।
परिषद्का पूर्वउपाध्यक्ष डा. पदमप्रसाद खतिवडा यी जग्गा लथालिंग रहेको बताउँछन्। नीति नियमविपरीत लामा अवधिको सम्झौता गरेर जग्गा दिइएको डा. खतिवडाको भनाइ छ। ठेक्का पनि पारदर्शी छैन। नाम मात्र ठेक्का लगाइएका छन्। यो जग्गाको १० प्रतिशत पनि सदुपयोग नभएको अर्का पूर्वपदाधिकारी बताउँछन्।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया