बिहिबार, २५ डिसेम्बर २०२५

बालेन ओलीसँग भिड्ने हल्ला मात्रै

News Image
• • •

बालेनले केपी ओलीसँग झापाबाट चुनाव लड्ने इच्छा देखाएको भन्नेसम्मका समाचार मिडिया खपतका लागि आए पनि गत सोमबार रवि–बालेन भेटमा त्यो हदसम्मको राजनीतिक कुराकानी र गम्भीरता नभएको त्यस भेटमा संलग्न रहेकाहरूले बताएका छन्।

दुईको भेटले आगामी चुनाव परिणामलाई नै उलटफेर पार्ने दाबी सहितका समाचार मिडियामा आइरहँदा सत्यता भने त्यसको उल्टो थियो।

दुईजना अधिकांश समय गीत गाउदै झुमिरहेको भेटमा सहभागीले बताएका छन्।

‘वान टु वान भेटमा के कुरा भयो थाहा भएन तर संयुक्त भेटमा भने एउटाले गीत गाउने र अर्कोले उनलाई साथ दिने गरेरै बितेको’ सहभागी मध्येका एकले नाम उल्लेख नगर्ने शर्तमा बिएल नेपाली सेवालाई बताएका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!