बिहिबार, २५ डिसेम्बर २०२५

रविको सन्देश बोकेर बालेन भेट्न ज्वागल पुगे शिशिर खनाल

News Image
• • •

रास्वपा नेता शिशिर खनाल काठमाडौं महानगरपालिकाका मेयर बालेन साह भेट्न कुमार बेनको घर ज्वागल पुगेका छन्।

सभापति रवि लामिछाने बालेनसँग एकल वार्ता सकेर फर्किएको केही मिनेटमै उनको सन्देश बोकेर उनी बालेन भेट्न पुगेका हुन्।

बालेनले रविलाई सभापतिमा स्वीकार्न नसकिने भनेपछि केही बेरअघि मात्रै रवि वार्तास्थलबाट बाहिरिएका थिए। रास्वपा स्रोतका अनुसार लगत्तै उनले शिशिर खनाल, गणेश पराजुलीसहित कोर टिमसँग छलफल गरेका थिए।

छलफल लगत्तै रविको सन्देश बोकेर ज्वागल पुगेका खनाल सन्देश सुनाएर फर्किएका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!