बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीचको आजको वार्ता पनि निष्कर्षविहीन टुंगिएको छ।
बिहीबार बालेनका सहयोगी कुमार बेनको ज्वागलस्थित घरमा करिब साढे दुई घण्टा वान टु वान वार्ता भएको थियो। रविनिकट स्रोतका अनुसार दुई नेताबीचको वार्ता सभापतिको विषयमा पुगेर अड्किएको छ।
बालेनले रविमाथि अनेकन कानुनी झमेला रहेकाले तत्काल सभापतिमा स्वीकार्न नसकिने स्पष्ट गरेका थिए। उनले रविले अदालतबाट क्लिनचीट पाएपछि मात्रै सभापति स्वीकार्न सकिने अडान लिएका थिए।
बालेनले आजै बिहान कुलमान घिसिङसँगको छलफलको निष्कर्ष पनि रविलाई सुनाएका थिए। कुलमानले पनि रविले मार्गप्रशस्त गरे सहकार्यका लागि सहज हुने बताएको बालेनले उनलाई सुनाएका थिए।
तर, रविले भने आफू निर्दोष रहेको दाबी गर्दै सभापतिमा आफूलाई स्वीकार्न आग्रह गरेका थिए। उनले आफूलाई सभापतिमा स्वीकार गरे बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्न सकिने प्रस्ताव गरेका थिए।
छलफल निष्कर्षबिहीन बनेपछि रवि वार्तास्थल छोडेर निस्किएका थिए। बाहिरिने क्रममा रविले परिणामका लागि केही समय लाग्ने प्रतिक्रिया दिएका थिए।
स्रोतका अनुसार जेनजी अगुवा सुदन गुरुङ र रक्षा बमले पनि मुद्धा मामिला रविको व्यक्तिगत विषय भएकोले उनको मुद्धा बोकेर आफूहरू हिँड्न नसक्ने स्पष्ट पारेका छन्।
रविमाथि सरकारले प्रतिशोध साँधेको भए त्यसलाई छलफलका माध्यमबाट त्यही रुपमा निरुपण गर्न सकिने भन्दै तत्काल वैकल्पिक शक्तिहरूबीच ध्रुवीकरणका लागि रविले मार्ग प्रशस्त गर्नुपर्ने उनीहरूको अडान छ।
स्रोतका अनुसार कांग्रेस नेता सुनिल शर्मा, राप्रपाका ज्ञानेन्द्र शाही, स्वतन्त्र पूर्वसांसद अमरेशकुमार सिंह, सुदन गुरुङ, रक्षा बमसहितका जेनजी समूह वैकल्पिक शक्ति निर्माणमा सकारात्मक देखिएका छन्।
तर, सुरुमै दाग लागेको नेतृत्व लिएर जाँदा पुराना शक्ति र रास्वपामा फरक नहुने भन्दै सबैको पहिलो सर्त छ ‘रविको बहिर्गमन।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया