'वाक ओभर' नै दिनुपर्ने अवस्थामा कसरी पुगे रामचन्द्र पौडेल? कसरी चुँडियो उनको 'चेन'?

पहिलोपोष्ट

काठमाडौँ

नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापतिमा निर्वाचित हुनुअघि शेरबहादुर देउवा कांग्रेसका वरिष्ठ नेता थिए। उनै देउवाले रामचन्द्र पौडेललाई ५ सयभन्दा धेरै मतान्तरले पराजित गर्दै सभापतिको कुर्सी ४ वर्षका लागि सुरक्षित गरे। अनि पौडेल बने वरिष्ठ नेता।

त्यतिबेला देउवालाई सभापतिका अर्का प्रत्यासी कृष्णप्रसाद सिटौलाले साथ दिएका थिए।

चार वर्षका लागि जितेका देउवाले कांग्रेसलाई गतिशील त बनाउन सकेनन् नै, स्थानीयदेखि आम निर्वाचनसम्म कांग्रेस नराम्ररी पराजित बन्यो। कम्युनिस्ट शक्ति एकत्रित हुँदा कांग्रेस निरिह बन्यो, नेतृत्व मुकदर्शक।

कांग्रेसको यस्तै कमजोरीविरुद्ध आवाज बुलन्द बनाइरहने रामचन्द्र पौडेल भने अहिले महाधिवेशनको प्रक्रियाबाट अलग भइसकेका छन्।

कांग्रेस किन कमजोर भयो भनेर जागरुक गराउन पौडेलले बेलाबेला जिल्ला सभापतिहरुको भेला गराइरहे। उनकै जोडबलमा हेटौंडामा जिल्ला सभापतिहरुको भेला पनि भयो।

 

प्रकाशित मिति: : 2021-12-12 12:39:00

प्रतिकृया दिनुहोस्