कस्तो छ लोकगीतमा वर्ग चेतना?

यस्तो लाग्छ, यथासम्भव कसैलाई पनि चोट नपारी शिष्ट पारामा मनोभाव पोख्ने नेपाली लोकगीतको मौलिक विशेषता हो। तर, यसलाई शिष्ट, विनयशीलता भन्ने या वर्ग विभेदप्रतिको मन्द चेत?

हिमाल खबर

काठमाडौं

विश्व राजनीतिक परिदृश्यमा वर्ग विभेदका मामिला सदाबहार विषय बन्दै आएका छन्। वर्ग विभेदबारे चेतनाप्रवाह कहिलेदेखि शुरू भयो? गीत-सङ्गीत र लोकभाकाहरूमा यस विषयले कहिलेदेखि प्रवेश पायो? वर्ग विभेद सम्बन्धी ऐतिहासिक अभिलेख नियाल्दा राजनीतिक दार्शनिकहरूले वर्ग चेतनाबारे बौद्धिक बहस थालनी गरेका पाइन्छन्।

‘ब्रिटानिका’ अनलाइन विश्वकोशका अनुसार, थोमस हब्स (सन् १५८८-१५७९), जोन लक (सन् १६३२-१७०४), रुसो (सन् १७१२-१७७८) जस्ता राजनीतिक दार्शनिकहरूले सामाजिक असमानता र सामाजिक श्रेणी-विभाजनबारे वैचारिक चेतनाप्रवाह र बहस थालनी गरे।

यी वैचारिक अगुवाहरूले प्रारम्भ गरेको बहसलाई विश्वविख्यात जर्मन दार्शनिक कार्ल माक्र्स (सन् १८१८-१८८३)ले खरो रूपमा व्याख्या-विश्लेषण गरेर चुलीमै पुर्‍याए। उनले आफ्नो कृति दास क्यापिटल मार्पmत वर्ग विभेद र वर्ग सङ्घर्षको सिङ्गो शास्त्र नै तयार पारेर वर्ग चेतना राँको नै सल्काए।
 

प्रकाशित मिति: : 2021-12-12 05:54:00

प्रतिकृया दिनुहोस्