बिपीले ९ वर्ष बिताएको सुन्दरीजल जेलको कथा (भिडिओ)

सेतोपाटी

मनोज सत्याल र विवेक राई

बिपी कोइराला प्रधानमन्त्री भएका बेला राजा महेन्द्रले सोधेछन्, 'तिमीलाई काठमाडौंमा घर चाहिन्छ?'

बिपीले जवाफ दिएछन्, 'सरकार, प्रधानमन्त्री हुँदासम्म मलाई राज्यले दिन्छ। त्यसपछि मेरो घर विराटनगरमा छँदैछ। मलाई काठमाडौंमा चाहिन्नँ।'

भारतमा हुर्केबढेका बिपी काठमाडौंमा चाबहिलस्थित भाइको घरमा बस्थे। उनले आफ्नो आत्मवृत्तान्तमा पनि आर्थिक अभावबारे लामो व्याख्या गरेका छन्।

काठमाडौंमा जग्गा-जमिन कहिल्यै नजोडेका नेपाली कांग्रेसका यी संस्थापक नेताले यहाँ सबभन्दा धेरै रात र सबभन्दा धेरै दिन काटेको ठाउँ सुन्दरीजलको जेल हो।

२०१७ पुस १ गते राजा महेन्द्रले शासन हातमा लिएपछि बिपीलाई सुन्दरीजल जेल पुर्‍याइएको थियो। सुन्दरीजलस्थित सैनिक जर्नेलको क्वार्टरमा थुनिएका बिपीले त्यहाँ पहिलोपटक ८ वर्ष समय काटेका थिए।

प्रकाशित मिति: : 2021-12-11 15:04:00

प्रतिकृया दिनुहोस्